प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा ट्रकले पैदलयात्रीलाई ठक्कर दियो

२०८० असार १८, सोमबार १४:५९ बजे

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.१९ स्थित दुधडेरीचोकमा ट्रकको ठक्करबाट एक जना घाइते भएका छन् ।

घाइते हुनेमा मनहरी गाउँपालिका वडा नं.२ घर भई हेटौंडा–१९ दुधडेरिचोक स्थित डेरा गरी बस्ने अन्दाजी ५०र५५ बर्षीय डिल बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४ ख ९२५१ नम्बरको ट्रकले थिङलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका थिङलाई उपचारका लागि चुरेहिल हस्पिटल पठाईएको छ । उनको टाउकोमा चोट रहेकोले अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक चालक दाधिङ रोलाङ गाउँपालिका वडा नं.१० बस्ने ४७ बर्षीय अन्न बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।