प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा दुई तले घर जलेर नष्ट

२०७९ चैत्र १५, बुधबार १५:३३ बजे

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका–७ सर्सी टोलका फुलबहादुर चेपाङको दुई तले घर जलेर पुर्णरुपमा नष्ट भएको छ ।

बुधबार दिउँसो ३ बजे आगलागि हुँदा घरमा भएको खाद्यान्न र लत्ताकपडा समेत सबै जलेको वडा नम्वर ७ का वडाध्यक्ष उदाश कुमार भ्लोनले जानकारी दिनुभयो । बाटो र पानीको सहज स्रोत नभएको कारण आगो नियन्त्रणमा लिन नसकिएको उनले बताए । जंगलको डढेलोबाट उडेर आएको झिल्कोका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागिबाट अनुमानित ७ लाख रुपैंया बराबरको क्षती भएको हुनसक्ने वडाध्यक्ष भ्लोनले जानकारी दिए । पीडित चेपाङको परिवारलाई गाउँपालिकाको तर्फबाट तत्काल लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा र त्रिपाल उपलब्ध गराइने उनले बताए ।