हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का हेटौंडा उमहानगरपालिका उम्मेदवारहरुले “म भ्रष्टाचार गर्दिन” भनेर मन्दिरमा सामुहिक सपथ (कसम) ग्रहण गरेका छन् । राप्रपाका मेयरका उम्मेदवार दिपक बहादुर सिंह, उपमेयर ईन्दिरा न्यौपाने लगायत १९ वटा वडाका उमेद्ववारहरुले हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित भुवनेश्वर(पशुपति) मन्दिरमा सामुहिक रुपमा “भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो” भनेर सामुहिक सपथ (कसम) ग्रहण गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता नबराज बिष्टले मेयर,उपमेयर र १९ वटै वडाका उम्मेदवारहरुलाई हेटौंडाको पशुपति मन्दिरलाई साक्षि राखेर सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण पश्चात नेता विष्टले नेपालमा सम्वृद्ध नहुनुको मुख्य कारण भ्रष्टाचार भएको भन्दै राप्रपाको पहिलो मुद्दा भ्रष्टाचार निणन्त्रण रहेको बताए । उनले आगामी स्थानीय निर्वाचनमा सहभागी सम्पुर्ण उम्मेदवार हरुले उच्च मनोवलका साथ चुनावमा सहभागी आग्रह र भोटको लागि अपिल समेत गरे ।
मेयरका उमेद्ववार दिपक बहादुर सिंहले आफु राप्रपाको मात्रै उम्मेदवार नभई हेटौडाको साझा उम्मेदवार रहेको बताए । उनले कुनै पनि दलका व्यक्तिहरुलाई विभेद नगरी हेटौंडाको बिकासमा समर्पित भएर नगरको सुनौलो भविश्यको लागि आफुले निस्वार्थ योगदान दिने प्रविबद्धता ब्यक्त गरे ।
त्यस्तै उपमेयरकी उम्मेदवार ईन्दिरा न्यौपानेले राप्रपाका उम्मेदवारलाई आगामी चुनावमा जिताए हेटौंडा र नगरवासीको मुहार फेर्ने दाबी गरिन् । “म संग युवा जोस र जागर छ । हाम्रो मेयरको उम्मेदवार पाको र निस्वार्थ रुपमा जनताको सेवा गछु भन्ने इच्छा शक्ती छ । तपाईहरु भोट दिएर जिताउनुस, हामी काम गरेर देखाउँछौँ,” उनले भनिन ।
राप्रपा नगर समितिका अध्यक्ष अरुण लामा र राप्रपा नगर समितिका उपाध्यक्ष शुक्रराज प्रजाले आसन्न स्थानीय निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउन लागि पर्ने बताउँदै सम्पुर्ण नगरवासीलाई एकपटक तपाईहरुको अमुल्य मत दिएर जिताउन आग्रह गरे । गठबन्धन र ऐमालेका उम्मेदवारहरु पुरानै अनुहार भएको र उनिहरुको नेतृत्वमा हेटौंडा नगरवासीले परिर्वतनको अनुभुती नगर्न नपाएको उनिहरुको भनाई छ । कार्यक्रममा राप्रपाका केन्द्रियस्तरदेखि वडास्तरका नेताकार्यकर्ता र पार्टीका शुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो ।