हेटौंडा – राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा आफ्नो गृह जिल्ला मकवानपुर आएका छन् ।शुक्रबार बिहान अध्यक्ष थापा पार्टी निकट महिला संगठनको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्न हेटौंडा आएका हुन् ।
थापाले आज हेटौंडा ५ स्थित जय गणेश पार्टी प्यालेसमा हुने तीज विशेष अर्थात दरखाने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । थापा आजै काठमाण्डौ फर्कने कार्यक्रम रहेको बताईएको छ ।