प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा एकैपरिवारका ३ सहित ५ जना सवार अटो दुर्घटना

२०८० मंसिर २०, बुधबार १५:०५ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.४ पाङ्दुरेमा एकैपरिवारका ३ सहित ५ जना सवार अटो दुर्घटना भएको छ ।

धरान–चतरा सडकखण्ड अन्तर्गत हात्तिसुडे तर्फबाट जुरेली बजारतर्फ आउँदै गरेको बागमती प्रेदश ०३–००१ ह ३३९ नम्बरको अटो आफै अनियन्त्रित भएर बुधबार दिउँसो सडकमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बकैया गाउँपालिका वडा नं.३ जितदमार बस्ने ३४ बर्षीय देब लाल जिम्बा, उनको श्रीमती ३१ बर्षीया ठुलिमाया जिम्बा, उनीहरुको छोरा १२ बर्षीय सृजल जिम्मा, सोही स्थान बस्ने २६ बर्षीया सुनि माया भ्लोन र १२ बर्षीय युदिर बोगटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको छाती, टाउको, अनुहार, पेट, हात लगायत विभिन्न अंगमा चोट लागेको छ । उनीहरुको घटनास्थलबाट उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।