प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशमा ६ महिनाको अवधिमा १ लाख २८ हजार बढी सवारी साधन कारबाहीमा

२०७९ माघ ४, बुधबार ०३:४३ बजे

हेटौंडा – काठमाडौं, भक्तपुर र ललितपुर बाहेक बागमती प्रदेशको १० जिल्लामा चालुआर्थिक बर्षको ६ महिनामा १ लाख २८ हजार ७५४ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले नियम विपरित चलेका सवारी साधन नियन्त्रणमा लिएर कारर्वाही गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

कारबाहीमा परेका उक्त सवारी साधन कारबाहीबाट ११ करोड ३२ लाख ६५ हजार ५०० रुपैया जरिवाना संकलन गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि सवारी साधनको यान्त्रिक परीक्षण अभियान संचालन गरी ५ हजार ५९४ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको प्रवक्ता रेग्मीले बताए ।

सवारी साधनको तिब्र गति नियन्त्रणका लागि बिभिन्न २२० स्थानमा राडर गनसहित चेकजाँच गर्ने व्यवस्था मिलाएर सिन्धुली, काभ्रे, चितवन, मकवानपुर र धादिङ जिल्लाका राजमार्गमा चल्ने सार्वजनिक सवारी साधनमा टायम कार्डको व्यवस्था गरिएको प्रवक्ता रेग्मीले बताए ।