हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ तिनतलेमा बसको ठक्करबाट घाइते भएका प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बकैया गाउँपालिकाको नगर प्रहरी ३५ बर्षीय भिमसेन बजगाई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार धरान चतरा सडक–खण्डमा हेटौंडाबाट फापरवारी तर्फ जाँदै गरेको बा २ ख ६९४३ नम्बरको बसले विपरिद दिशाबाट आउँदै गरेको प्रदेश २–०३–०२१ प ६६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलक चालक बजगाईको टाउको र अनुहारमा चोट लागेको थियो ।
उनलाई तत्काल उद्धार गरी चुरेहिल अस्पताल ल्याईएकोमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालक ललितपुर गाउँपालिका वडा न ७ सुबानी बस्ने बर्ष २६ को सोमलाल भोलन प्रहरीको नियन्त्रणमा रहेका छन् ।