प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मेस्सी पूर्व सहकर्मीसंगै मैदान उत्रिने

२०८० पौष ७, शनिबार ०८:३१ बजे

काठमाडौँ – उरुग्वेका स्ट्राइकर लुइस सुवरेज सन् २०२४ सिजनका लागि एमएलएस टोली इन्टर मियामीसँग आबद्ध भएका छन् । सुवारेज र लियोनेल मेस्सी बार्सिलोनाका पूर्व सहकर्मी हुन् ।

मेस्सी र सुवारेजका पूर्व सहकर्मी  बुस्केट्स र जोर्डी आल्बा पनि इन्टर मियामीबाटै खेल्ने छन् । एक समय उनीहरु चारै जना खेलाडी बार्सिलोनाबाट खेल्ने गर्थे । 

ब्राजिलियन टोली ग्रेमियो छाडेसँगै ३६ वर्षीय खेलाडी फ्रि(एजेन्टका रूपमा मियामीसँग आबद्ध भएका छन् । इन्टर मियामीका बिजेनस अफिसर ह्याभिर एसेन्सीले सुवारेजलाई अनुबन्ध गर्नु टोलीका लागि अर्को सम्झनलायक पल भएको बताए ।

सुवारेजले यसअघि नासिनोल, आयाक्स र एट्लेटिको मड्रिडसँग लिग उपाधि जितिसकेका छन् । सन् २०२३ सिजनमा उनले ग्रेमियोका लागि ३३ खेलमा १७ गोल गरेका थिए । टोली ब्राजिलियन शीर्ष लिगमा दोस्रो भएको थियो ।