काठमाडौँ – नेपाल सुपर लिग(एनएसएल)को फाइनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्दैछन् । त्रिपुरेश्वरस्थित रङ्गशालामा खेल साँझ ५ बजे सुरु हुनेछ ।
प्रतियोगिताको दोस्रो क्वालिफायरमा ललितपुर र पोखरा भिड्न लागेका हुन् । विजेता टिमले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार इलिमिनेटरमा काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै ललितपुरले पोखरासँग उपाधि भिडन्त पक्का गरेको थियो । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा दोस्रो क्वालिफायर खेल्नु परेको हो ।