हेटौंडा – जेसिबी अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ कुखुरेपाखामा आज(सोमबार) विहान बा २ ख ८६ ०२ नम्बरको जेसिबी दुर्घटना हुँदा चालक रामेछापको दोरम्बा गाउँपालिका २ का २५ वर्षीय जिबराज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कटुन्जेका अनुसार कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको उक्त जेसिबि अनियन्त्रित भएर आज (सोमबार)बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको थियो ।
सांकेतिक तस्वीर