प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

२०८१ बैशाख १०, सोमबार ०८:३० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभ¥याङमा मोटरसाइकलले एक वृद्धालाई ठक्कर दिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आइतबार  सिमलटारबाट राप्तिड्याम तर्फ आउदै गरको बागमती प्रदेश ०३– ००४ प ४३८ नम्बरको मोटरसाइकलले स्थानीय बर्ष ७० की मंगली माया स्याङतानलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट स्याङतानको दाँया हातमा चोट लागेको र उनको मोडल अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले खोजिरहेको जनाएको छ ।