प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा १ को पञ्चलालटोल–टेकलडाँडा सडक स्ल्याब ढलान

२०८० पौष ३, मंगलबार १४:३९ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१ को पञ्चलालटोल–टेकलडाँडा कच्ची सडक स्ल्याव ढलान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको १० लाख बजेटमा कच्ची सडक स्ल्याव ढलान गरिएको हो ।

नगरपालिकाको १० लाख बजेटमा उपभोक्ता समितिले १ लाख २५ हजार र जनश्रमदानबाट १ लाख २५ हजार थपेर कुल १२ लाख ५० हजारको लागि सडक स्ल्याव ढलान गरिएको पञ्चलालटोल टेकलडाँडा जोड्ने सडक स्तरीकरण उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर गोलेले जानकारी दिए ।

स्ल्याव ढलान सडक निर्माणमा वडाअध्यक्ष सविन न्यौपाने, वडासदस्य इश्वेरी रसाइली, उपभोक्ता समितिका पदाधिकारी, स्थानीयहरुको उपस्थितीमा गरिएको हो । कच्ची सडक ढलान हुने भएपछि त्यस क्षेत्रका स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।