प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा बेवारिसे शव फेला

२०८० श्रावण २८, आईतबार १२:४१ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.८माण्डुस्थित बागमाती नदीमा बेवारिसे शव फेला परेको छ । आइतबार माण्डु हाईडोपावरको पानी जम्मा गरी फोहोर छुट्याउने ठाउँमा शव फेला परेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार अन्दाजी ३०/३५ को पुरुषको शव फेला परेको हो । हालसम्म उक्त शवको पहिचान हुनसकेको छैन । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।