हेटौंडा – मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ स्थित चुर्लिङ खोलाको पुलको निर्माण सकारे ठेकेदार फरार भएको पाइएपछि कारवाही प्रकृया अगाडि बढाइएको छ ।
करिब तीन बर्ष अगाडि पुल निर्माणको ठेक्का सम्झौता गरेर चितवनको भरतपुर २ मा रहेको ठेकेदार कम्पनी सेफ इन्जिनियरिङ् विल्डर्स प्रालिका संचाकल सूर्य प्रसाद पौडेल बेपत्ता भएछि उनी बिरुद्ध कारवाहीको प्रकृया अगाडि बढाएको डिभिजन सडक कार्यालय हेटौडाले जनाएको छ ।

सडक डिभिजन कार्यालय, हेटौंडाका अनुसार बिक्रमसंवत् २०७७ माघ २८ गते ६ करोड ४८ लाखमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी सेफ इन्जिनियरिङ् विल्डर्स प्रालिसंग ठेक्का सम्झौता भएको थियो ।
ठेकेदार कम्पनीको ठेक्का रद्द हुन्छ: डिभिजन प्रमुख
निर्माण कम्पनीले ठेक्का सम्झौताको अवधि सकिएको लामो समय वित्दा निर्माणको काम अलपत्र छाडेर ठेकेदार सम्पर्कमा नआएपछि उसको ठेक्का सम्झौता रद्द गर्दै कारवाही प्रकृया अगाडि बढाइएको सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख राजेशकुमार यादवले प्रहरखबरलाई बताए ।
उनले उक्त पुलको पुनः ठेक्क आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । उसलाई काम गर्नका लागि लामो समय दिएको पनि निर्माणको चासो नदिएको र पटक पटक आफूहरुले सम्पर्म गर्न खोन्दा समेत सम्पर्कमा नआएका कारण सेफ इन्जिनियरिङ् विल्डर्सलाई कारवाही गर्न परेको यादवले बताए ।

जग्गा विवादले काम गर्न सकिएनः पौडेल
पुल निर्माणको जिम्मा लिएको सेफ इन्जिनियरिङ् विल्डर्स प्रालिले भने जग्गा विवादका कारण काम शुरु गर्न नसकेको दाबी गरेको छ । त्यसका सञ्चालक सूर्य प्रसाद पौडेलले आफूले निर्माणको काम शुरु गर्ने तयारी गरेपनि जग्गा विवाद भएपछि काम गर्न नसकेको बताए । थप एक बर्षको समय पाए काम सम्पन्न गर्ने उनको भनाइ रहेपनि उनलाई ठेक्का दिन अब नसकिने सडक डिभिजनको हेटौंडाका प्रमुख यादवले स्पष्ट पार्नु भएको छ ।
पुल नबन्दा दुई पालिकाका स्थानीय प्रभावित
सो खोलामा पुल बन्न नसक्दा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका अधिकांश स्थानीयहरुलाई बर्षायममा आवतजावतमा कठिनाइ हुने गरेको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष उत्तम वाईबाले बताए । पुल निर्माणको काम लामो समयसम्म नहुँदा निर्माण सामाग्री समेत बिग्रीदै गएको उनले बताए । ज्यामिरे–सरिखेत–पलासे–आमदघाट सडक अन्तर्गत पर्ने उक्त पुल, नबनेकै कारण बर्षयाममा निकै समस्या झेल्नु परेको स्थानीयहरुको गुनासो छ ।