प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ललित निवासको फैसाला आजै आउन सक्ने

२०८० फाल्गुन २, बुधबार ०७:५७ बजे

काठमाडौं - ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसाला सम्भवतः आज सुनाइने भएको छ ।

गत माघ २ गतेदेखि बिशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिए पछि सम्भवतः आज फैसाला सुनाउन लागिएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न भएकाले सम्भवतः बुधवार नै फैसाला सुनाउने गरी तयारी भएको छ ।

पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, पुर्व मन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन ।