हेटौंडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ गुम्बाचोकमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
एचआईडीबाट कमानेतर्फ जाँदै गरेको बा ४ च ४२१५ नं.को पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको बा १३ प ३३१६ नं.को मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कृष्ण बहादुर श्रेष्ठ (६३) वायाँ कोखामा गम्भीर चोट लागेर हेटौँडा अस्पतालमा सामान्य उपचारपछि भरतपुर, चितवनमा रिफर गरिएको छ।
घटनास्थलमा मोटरसाइकल रहनुका साथै घाइतेको उपचारमा उनका भाई भुवन श्रेष्ठ संलग्न रहेको प्रहरीले जनाएको छ।