हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नं.३ फास्टरस्थित कालीखोलामा एक पुरुष मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान कालीखोलामा स्थानीय बर्ष ४५ को ठुलोकान्छा चेपाङ मृत भेटिएका हुन् ।
गएको शनिबार बेलुका चेपाङ गाँउकै छिमेकीको घेवामा सहभागी हुन् गएका थिए । घेवा कार्यक्रम पश्चात घर फर्किने क्रममा उनी सम्पर्क बिहिन भएका थिए ।
उनको आफन्तले खोज तलाश गर्ने क्रममा आइतबार बिहान १० वजेको समयमा कालीखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शवलाई हेटौंडा अस्पतालमा ल्याएर शव गृहमा राखिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।