प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

डाक्टर कुटपिट प्रकरणः हेटौंडा–९ बाट थप एक जना पक्राउ

२०८० आश्विन ३, बुधबार १५:२८ बजे

हेटौंडा – हेटौंडास्थित सन्चो अस्पतालमा डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–१२ सिक्रेनी बस्ने ४० वर्षीय सुनिल पाख्रिन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीका अनुसार पाख्रिनलाई आज दिउँसो हेटौंडा–९ सिमेन्ट रोडबाट पक्राउ गरिएको हो । डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका एक समूहले दुई डाक्टरलाई अस्पतालभित्रै कुटपिट गरेका थिए ।

यसअघि डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा, छोरा रोहीत, छोरी रमिता र भतिज अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो ।