हेटौंडा – महिलालाई जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा सिटी अस्पतालमा कार्यरत एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ मा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत ३६ बर्षीय डा. बसिम राइलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले जानकारी दिए । राइ काठमाण्डौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा–१ स्वर्गलोक बस्दै आएका छन् । उनी हेटौंडा सिटी अस्पतालका संचालक समेत हुन् ।
जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद समेत थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।