हेटौंडा – प्रतिनिसभातर्फ मकवानपुर क्षेत्र नं.१ को समानुपातिक मतगणना सम्पन्न भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार ९१ हजार ५२० मतमध्ये सबैभन्दा बढी नेकपा एमालेले २२ हजार ६११ मत सहित पहिलो स्थानमा छ ।
उता १८ हजार ६०७ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाली कांग्रेस १४ हजार ७५३, राप्रपा १३ हजार ७४२, माओवादी केन्द्र १३ हजार १३८, र नेकपा एस १२ हजार २४७ मत सहित क्रमशः तेस्रो, चौथो, पाँचौ र छैठौं स्थानमा रहेका छन् ।
खसेको मतमध्ये ८७ हजार ९४२ सदर हुँदा ३ हजार ५८५ मत बदर भएको जिल्लाको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
हेर्नुहोस् कसले कति मत पाए
%20samanupatika1669389675.jpg)