हेटौंडा – प्रहरीले अवैध लागूऔषध गाँजासहित मकवानपुरका एक युवकलाई पक्राउ गरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–४ स्थित सडकबाट ५ केजी ३ सय ग्राम लागूऔषध गाँजा सहित सोमबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा घर भएका ३० वर्षीय शिसिर बम्जन रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ना.५ ख ४९६२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बम्जनको साथबाट उक्त लागूऔषध फेला परेको हो ।