प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाललाई छैटौँ सफलता, सन्दीपले लिए तीन विकेट

२०७९ फाल्गुन ५, शुक्रबार ०५:११ बजे

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा आज नेपाल र स्कटल्याण्ड भिड्दैछन्।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गरिहेको छ ।

दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले छैटौँ सफलता प्राप्त गरेको छ । सन्दीप लामिछानेले तेस्रो विकेट लिँदा नेपालले छैटौँ सफलता पाएको हो ।

यसअघि कुशल मल्लले दुई र कुशल भुर्तेलले विकेट लिएका थिए ।

स्कटल्याण्ड रन बनाउन सङ्घर्षरत छ। स्कटल्यान्डले २७ ओभरमा ६ विकेट गुमाउँदै १२२ रन बनाएको छ ।