प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

म बुढो भए पनि विचारले जवान छु: झलनाथ खनाल

२०७९ भाद्र १६, बिहीबार ०३:०८ बजे

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचारले जवान भएको बताएका छन् ।

नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको बताउदै खनालले भने ,'एकपछि अर्को पिढी आउँछ तर बिचार कहिले पनि बुढो हुँदैन भन्दै क्रान्तीमा लागिसकेपछी हामी एकछिन पनि आराम लिनुहुँदैन। हामी अहिले नयाँ क्रान्तिमा आएका छौं'।