प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दाहालद्वारा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेश

२०७९ पौष १०, आईतबार ११:५६ बजे

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गरेका छन् ।

प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

यसअघि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् । दाहाललाई प्रधानमन्त्री बनाउनका लागि हालसम्मको सहमति अनुसार १६६ सांसदको समर्थन जुट्ने पक्कापक्की भएको बताईएको छ ।