प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने

२०८० चैत्र २०, मंगलबार १९:५४ बजे

काठमाडौं – नेपाली कांग्रेसको गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।