काठमाडौं – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल अन्तर्गत बंगलादेशविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल ५:०० बजे सुरु हुनेछ ।
नेपालको सुरुआती–११
एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ