मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरको तेस्रो अधिवेशन आईतबार सम्पन्न भएको छ । फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रिय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख आतिथि पौडेलले जननेता मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा तिनको कार्यान्वयन गर्दे सामाजिक विकास गर्ने उदेश्यले फाउण्डेशनको स्थापना भएको बताए। उनले जननेता मदन भण्डारीका नविन बिचारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न फाउण्डेशनले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाले जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्ग दर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि सार्नु पर्ने बताए । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले फाउण्डेसनले आगामी दिनमा विभिन्न कार्यक्रम मार्फत जन नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पु¥याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
अधिवेशनका अवसरमा मदन भण्डारी फाउण्डेशन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापना गरिएको सम्मान समेत प्रदान गरिएको छ । फाउण्डेशनले यसै वर्षबाट सुरु गरेको श्रीचन्द्र शर्मा स्मृति सम्मान यो वर्ष बम बहादुर लामा लाई प्रदान गरेको हो । नेपालको पहिलो मजदुर आन्दोलनदेखि हालसम्म पनि विभिन्न कम्युनिष्ट आन्दोलनमा देश र जनाताका लागि अतुलनिय योगदान पु¥याउनु भएका लामालाई ११ हजार एक सय एघार रुपैया नगदसहित सम्मान गरिएको हो ।
अधिवेशनबाट पुन खुलालको अध्यक्षतामा १६ सदस्य नयाँ कार्यसमित चयन भएको छ । आजसम्पन्न अधिवेशनले फाउडेशनको उपाध्यक्षमा आशाकाजी श्रेष्ठ, सचिवमा बोलबहादुर कार्की, सहसचिवमा शिवहरी दाहाल र कोषध्यक्षमा चन्दावती पनेरुलाई चयन गरेको छ । फाउण्डेशनको सदस्यहरुमा मुकुन्द अधिकारी, उत्तम न्यौपाने, तुलसी रिजाल, धर्म बस्नेत, सानु लामा, रवि रेग्मी, विवश अधिकारी, गोकर्ण तिवारी, किशन घिसिङ, राधिका चौलागाई र कुमार केसीलाई चयन गरेको छ । कार्यक्रममा फाउण्डेशनका प्रदेश सदस्य जुनेली श्रेष्ठ, एमाले मकवानपुरकी जिल्ला कमिटी सदस्य गणेश कुमारी प्रधानलगायतको सहभागिता थियो ।