हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.२ ठाडोखोलास्थित बगरमा स्काभेटरमा आगोलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विगत १ महिना देखि बिग्रिएर बसेको ना १ क ९८७२ नम्बरको स्काभेटरमा मंगलबार आगलागी भएको हो । आगोलागीका विषयमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ खचना वस्ने दिल बहादुर चेपाङको खरले छाएको काठको एक तले कच्चि घरमा अगोलगाी भएको छ । आफैले घर नजिकै रहेको घाँसपात जलाउने क्रममा एक्कासी घरमा आगो सल्कन गई आगलागी हुदाँ घर पुर्ण रुपमा जली घरमा रहेको लत्ताकपडा, भाँडावर्तन जिन्सि मालसामान क्षति भएको हो।