प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सन्दीप लामिछाने निलम्बनमा

२०८० पौष २६, बिहीबार १२:३१ बजे

काठमाडौं – सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ। जबरजस्ती करणी मुद्दामा कसुर ठहर ठहर भई ८ वर्ष कैद सजाय तोकिएका लामिछानेलाई क्यानले बिहीबार निलम्बन गरेको हो ।

सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ।

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई दोषी ठहर गरेको थियो।त्यसपछि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।