प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एभर्टनको पोष्टमा चेल्सीको ६ गोल

२०८१ बैशाख ४, मंगलबार ०८:२२ बजे

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो ।

चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौ स्थानमा उक्लिएको छ ।

त्यसैगरी एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।