प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु

२०८० आश्विन २६, शुक्रबार १९:११ बजे

काठमाडौँ – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु भएको छ । नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खोटाङको फक्टाङ्ग गाउँपालिका वडा नं.८ निवासी राई उक्त गण अन्तर्गत टयाक्टिकल अपरेटिङ बेस जिनामा कार्यरत रहँदा विरामी भएका थिए । उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित मोरोक्कन लेभल-२ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको सेनाले जनाएको छ ।