काठमाडौं – इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ । ललितपुरको जावलाखेलस्थित कुसुन्तीमा एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर नगर प्रहरीले सकुशल उद्धार गरेको हो ।
सापकोटा इनारमा खस्ने बित्तिकै घर धनीले नगर प्रहरीलाई खबर गरेका थिए । नगर प्रहरीको टोलीले सापकोटालाई बन्जीजम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा सोमबार साँझ सकुशल उद्धार गरेको हो । इनारनजिकको रुख काट्ने क्रममा सापकोटा इनारमा खस्न पुगेका थिए ।