प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नाबालिका छोरीलाई यातना दिने बाबुविरुद्ध मुद्दा

२०८० पौष २६, बिहीबार ०८:३४ बजे

हेटौंडा – नाबालिग छोरीलाई यातना दिने हेटौंडा उपमहानगरपालिका–५, सिँचाइटोल डेरा गरी बस्ने महोत्तरी एकडाँडा–३ का २७ वर्षीय रामजी मण्डललाई नियन्त्रणमा लिई बालबालिकाविरुद्ध कसुर मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

मण्डललाई चार वर्षकी छोरीमाथि यातना दिएको भन्दै प्रहरीले गत शनिबार पक्राउ गरेको थियो । बालबालिकाको क्षेत्रमा काम गर्ने सिबिन बाल हेल्प लाइनको जाहेरीपछि प्रहरीले मण्डलविरुद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

आफ्नै छोरीलाई पढाउने क्रममा पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोची घाइते बनाएको प्रवक्ता भण्डारीले बताए । हेटौँडा अस्पतालमा उपचारपश्चात् बच्चालाई सेफ हाउसमा राखिएको छ ।