प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा भिरबाट लडेर स्याङतानको मृत्यु

२०८० कार्तिक १२, आईतबार १८:११ बजे

हेटौंडा – मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आईतबार दिउँसो २ बजेर ३५ मिनेटमा जिल्लाको भिमफेदी गाउँपालिका वडा नं.३ बेसारघारीका ७० बर्षीय गणेश बहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार स्याङतान घरदेखि डेढ किलोमिटर पश्चिमतर्फ भिर भएको स्थानमा घाँस काट्न गएका थिए । सोही क्रममा भिरबाट लडेर उनको मृत्यु भएको उनले बताए । घटनास्थलमा प्रहरी पुगेर कानुनी प्रक्रिया पुरा गरी शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।