प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा श्रीमतिको मृत्यु, श्रीमान घाइते

२०८० जेठ २६, शुक्रबार ०७:२५ बजे

हेटौंडा – झापामा मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा श्रीमतिको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

बिहिबार दमक नगरपालिका–९ बुद्धचोकस्थितमा को.३७ प ८१३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानिय ६२ बर्षीय लोक बहादुर धिमाल र पछाडि सवार उनको श्रीमती ६४ बर्षीया हिरादेवी धिमाल घाइते भएका थिए ।

घाइते भएका मध्ये निम्स अस्पताल दमकमा उपचारको क्रममा हिरादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।