प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एमालेले राष्ट्रिय सभाको सबै सिटमा उम्मेदवारी दिने

२०८० पौष २०, शुक्रबार १९:४० बजे

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय सभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भइआएका नामहरुको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरिएको उनले जानकारी दिए ।

राष्ट्रिय सभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।