काठमाडौं – घाँस काट्ने क्रममा ढुङ्गा लागेर जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिकामा वडा नं ११ की २३ वर्षीया पवित्रा रावतको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घाँस काट्ने क्रममा माथिबाट आएको ढुङ्गा लागेर घाइते भएकी रावतको घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रावतका श्रीमान् श्रीमती घाँस काट्न जङ्गल गएका थिए ।