प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बीबीए सातौं सेमेस्टरमा मकवानपुर बहुमखी क्यापस नेपाल टप, डा. उपाध्यायलाई सम्मान

२०८१ जेठ २३, बुधबार ०७:४९ बजे

हेटौंडा – अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस समितिको आयोजनामा सम्पन्न १० दिने एकाउन्टिङ तालिमको समापन भएको छ ।

समारोहमा प्रमाणपत्र वितरण तथा बीबीए सातौं सेमेस्टरमा नेपाल टप गर्ने प्रसंशा पुडासैनी, दोस्रोस्थानमा उत्तीर्ण हुन सफल निशान पराजुली र तेस्रो स्थानमा उत्तीर्ण हुन सफल ओशनप्रसाद भण्डारी र सुमिना तिमल्सिनालाई सम्मानपत्र प्रदान गरिएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले नेपाल टप हुन सफल विद्यार्थीलाई सम्मानपत्र प्रदान गरेकी हुन् ।

कार्यक्रम अखिल (क्रान्तिकारी) मकवानपुर बहुमखी क्याम्पस समितिका अध्यक्ष अभ्युदय खनालको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पसप्रमुख डा.शंकरप्रसाद उपाधयायले क्याम्पस उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरी थप उचाइमा पु¥याएको भन्दै डा. उपाध्यायको योगदानको कदर गर्दै उनको कार्यकालको उच्चसम्मान सहित ‘रुदाने स्मृति उत्कृष्ट शैक्षिक सम्मान २०८१’ प्रदान गरिएको छ ।

मन्त्री मोक्तान तथा प्रदेससभा सदस्य प्रेमबहादुर पुलामीले सम्मान प्रदान गरेका थिए । एकाउन्टिङ तालिममा प्रशिक्षक किशोर अर्यालले सहभागी ८० भन्दा बढी विद्यार्थीलाई १० दिनसम्म सहजीकरण गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपु बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख डा. एम सिलवाल, अखिल (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव प्रदीप अर्याल, नेकपा माओवादी केन्द्रका नेता भीम पाख्रिनलगायतको उपस्थिति थियो ।