प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक महिलाको शव फेला

२०८० भाद्र ७, बिहीबार १३:५२ बजे

हेटौंडा – मकवानपुरको भिमफेदीमा बिहिबार एक महिलाको शव फेला परेको छ ।

भिमफेदी गाउँपालिका–८, माण्डुस्थित बागमती खोलामा मगोंलियन अनुहार जस्तो देखिने अन्दाजी ३५/४० बर्षीय महिलाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार मृतक महिलाको हाल नाम थर वतन खुलेको छैन । मृतकको सनाखत गर्ने कार्यसंगै घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।