प्रहर खबर
 २०७९ चैत्र ८, बुधबार    

हेटौंडामा एक युवकमाथि चक्कु प्रहार, राई र मोक्तान पक्राउ

२०७९ माघ ७, शनिबार १९:०५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१७ चुच्चेखोलामा कवाडीको काम गर्ने एक भारतीय नागरीकमाथि चक्कु प्रहार भएको छ । भारत मोतिहारी घर भई हाल हेटौडा–४ कमलडाँडा डेरा गरी बस्ने १८ वर्षीय जोधा कुमार सहनीमाथि शनिबार दिउँसो चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की अनुसार सहनीमाथि मादक पदार्थ सेवन गरी हेटौंडा–१७ हटिया बस्ने ३२ बर्षीय सन्तोष राई र हेटौडा–९ लामसुरे बस्ने १९ वर्षीय शुसिल मोक्तानले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट सहनीको छातिमा चोट लागेको छ । उनको हेटौंडा अस्पताल उपचार भइरहेको कार्कीले बताए ।

चक्कु प्रहार गर्ने राई मोक्तानलाई हेटौडा १७ सिसौघारीबाट चक्कु सहित नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।