प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अर्थमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ

२०७९ श्रावण १५, आईतबार १२:५७ बजे

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपग ग्रहण गराएका छन्।

आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अगंका प्रमुखको उपस्थिति थियो ।

शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार दिउँसो अर्थमन्त्री नियुक्त गरेकी हुन् ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए ।