प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यू–१९ विश्वकप: : नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने

२०८० आश्विन ५, शुक्रबार ११:२६ बजे

काठमाडौं – आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा २०२४ को जनवरी १३ का दिन नेपालले न्युजिल्यान्डको सामना गर्ने भएको छ ।

दोस्रो खेलमा नेपालले जनवरी १७ मा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग जनवरी २० तारिखमा खेल्नेछ ।

श्रीलङ्कामा हुने यू–१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि ४ फेब्रुअरीसम्म चल्नेछ । गएको मार्च २ मा भएको एसिया छनोट फाइनलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । नेपाल २०१६ पछि पहिलो पटक विश्वकप छनोट भएको हो ।

१९ वर्षमुनिकाे विश्वकपमा १६ वटा देश सहभागी हुनेछन् । सहभागी १६ देशलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह 'डी' मा नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् । साविक विजेता भारत समूह 'ए' मा रहेको छ । यो समूहमा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । त्यस्तै समूह 'बी' मा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह 'सी' मा अस्ट्रेलिया, आयोजक श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् ।