प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरका लामा पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टोलीमा समावेश, टिममा को–को परे ?

२०८० भाद्र १७, आईतबार ११:५२ बजे

हेटौंडा – म्यान्मारविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार  टोलीको घोषणा गरेका हुन् । फिफा विन्डोअन्तर्गत म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ तारिखमा खेल खेल्नेछ ।

प्रशिक्षक भिन्सेन्जोले दुई महिना अघि ३० सदस्यीय विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेका थिए । उनले उक्त टोलीबाट २३ सदस्यीय टोली घोषणा गरेका हुन् । 

कति जना परे मकवानपुरे खेलाडी ?
प्रशिक्षक भिन्सेन्जोले साफ च्याम्पियनशिपपछि ३३ जना टोलीलाई बन्द प्रशिक्षणमा बेलाएका थिए । जसमा मकवानपुरका फरर्वाड अन्जन विष्ट, आयुष घलान, डिफेन्डर विमल पाण्डे, अन्जल महर्जन, छिरिङ लामा र गोलरक्षक अनिष देउला प्रारम्भिक टोलीमा अटाएका थिए ।

उनीहरु मध्ये फरर्वाड अन्जन विष्ट, आयुष घलान, डिफेन्डर छिरिङ लामा टोलीमा परेका छन् भने बाँकी तीन खेलाडी बाहिरिएका छन् । छिरिङले पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

यसअघि विमलले स्थान बनाएका थिए । तर अहिले उनी टोलीमा अटाएका छैनन् । उनले फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । त्यसपछि उनले साफ च्याम्पियनशिप खेलेका थिए । 

को–को परे राष्ट्रिय टोलीमा ?

गोलरक्षकमा कप्तान किरण कुमार लिम्बू र दीप कार्की टोलीमा परेका छन् भने विशाल श्रेष्ठ बाहिरिदा अभिषेक बरालले टोलीमा स्थान बनाएका छन् । 

डिफेन्डरमा विमल पाण्डे,देवेन्द्र तामाङ, निशान्त खड्का र सिमान्त थापा बाहिरिदा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई र छिरिङ लामाले टोलीमा आफ्नो स्थान बनाएका छन् । छिरिङले पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई र कृतिशरत्न छुञ्जुले टोलीमा परेका छन् । यसअघि टोलीमा स्थान बनाएका पुजन उपरकोटी, नवीन लामा र मणिकुमार लामा टोलीमा परेनन् ।

फरवार्डमा गिलेस्पजङ्ग कार्की र हिसुब थपलिया पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा विमल घर्ती मगर टोलीमा पर्न सकेनन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, गिलेस्पजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया रहेका छन् ।