प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

क्यानको नवनिर्वाचित समितिको १० निर्णय: अक्टोबरमा त्रिकोणात्मक शृंखला, एनपीएल क्यानले आयोजना गर्ने(निर्णयसहित)

२०८० आश्विन १०, बुधबार ०५:१२ बजे

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित केन्द्रीय समिति बैठक त्रिदेशीय क्रिकेट सिरिज आयोजना गर्ने सहित १० वटा निर्णय गरेको छ । बैठकले अक्टोबर १७ देखि २६ सम्म काठमाडौंमा यूएई र हङकङसम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखला आयोजना गर्ने गर्ने निर्णय गरेको हो ।

निर्वाचित क्यानको पहिलो बैठकले पुरुष  ट्वान्टी–२० विश्वकपको एसिया छनोटको तयारी स्वरुप टी ट्वान्टी सिरिज आयोजना गर्ने निर्णय गरेको हो ।  ट्वान्टी–२० विश्वकप एसिया छनोट नोभेम्बर १ देखि १० सम्म काठमाडौंमै हुँदै छ । त्यसमा हङकङ, यूएई, नेपालसहित १० राष्ट्र सहभागी प्रतियोगिताको फाइनल पुग्ने दुई राष्ट्र अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् ।

बैठकले अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का र सदस्य दिवाकर घले सदस्य रहने गरी कार्य सम्पादन समिति गठन गरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितालाई यसपालि ७ प्रदेश र ३ विभागीय टोलीबीच राउन्ड रोबिनका आधारमा प्रतियोगिता सञ्चालन गर्ने, सेमिफाइनल दुईदिवसीय लिग र फाइनल तीनदिवसीय ढाँचामा सञ्चालन गरिने निर्णय गरेको छ ।

क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) आफैंले आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता मार्च/अप्रिलमा गर्ने जनाइएको छ । अन्य फ्रेन्चाइज लिग क्रिकेटको हकमा विदेशी खेलाडीविना घरेलु लिगको रूपमा सञ्चालन गर्न सकिने क्यानले जनाएको छ । ‘ईपीएलबाट विदेशी खेलाडीसहितको एभरेस्ट प्रिमियर लिग आयोजनाको प्रस्ताव सम्बन्धमा छलफल हुँदा एनपीएल प्रतियोगिता सम्पन्न भएपछि आगामी बोर्ड बैठकमा छलफल गरेर प्रतियोगिता गर्न दिने सम्बन्धमा सहमति गरियो,’ क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ निर्णयहरु