प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

लुटपाटमा संग्लग्न ४ जना पक्राउ

२०७८ चैत्र १४, सोमबार ०९:३१ बजे

मोरङ – बेलवारी नगरपालिका–४ बेतना सिमसार क्षेत्रमा चाँदीको गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका(३ बस्ने २५ वर्षीय सबिन बिश्वकर्मा, महोत्तरी बर्दिबास नगरपालिका(१ बस्ने ३४ वर्षीय मनोज ठाकुर, उदयपुर रौतामाई गाउँपालिका(६ बस्ने २४ वर्षीय बिशाल बिक र सुनसरी ईटहरी उपमहानगरपालिका(५ बस्ने २४ वर्षीय बादल बिक रहेका छन् ।

गत चैत ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबासतर्फ लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले लुटपाटमा संग्लग्नमध्ये उनीहरूलाई चाँदीका गहना सहित पक्राउ गरेको हो । साथै घटनामा संग्लग्न रहि फरार रहेका एक जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।