काठमाडौं – झापाको दमकमा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ जग्गाको विषयमा विवादहुँदा अर्को पक्षबाट भएको ढुंगा प्रहारबाट गम्भीर घाइते भएका दमक वडा नम्वर ९ का ३७ वर्षिय यमु निरौलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढुंगा प्रहारबाट गम्भिर घाइते भएका निरौलाको स्थानीय आम्दा अस्पतालमा उपचारका क्रममा तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्नहरूको खोजी भइरहेको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको हो। जग्गासम्बन्धी विवादमा सामुहिक रुपमै झडप भएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
केही शङ्कास्पद ब्याक्तिहलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको भएपनि नाम खुलाइएको छैन।