प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते

२०८० आश्विन २७, शनिबार १५:४२ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ मनहरी बजारमा नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् । घाइते हुनेमा कैलाश गाउँपालिका–७ घर भई हाल मनहरी बजारमा डेरा गरी बस्ने नकुल प्रजाको ६ बर्षीय छोरा एलिया प्रजा रहेका छन् ।

प्रहरीका अनुसार घाइते बालकको मनहरी अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ । ठक्कर दिने ट्याक्टर सामान लिएर राक्सिराङतर्फ फरार भएका छन् भने ट्याक्टरका धनी प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।