प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा पटाका बरामद

२०७९ कार्तिक ६, आईतबार ०७:०२ बजे

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले पटाका बरामद गरेको छ । हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट प्रहरीको चेकिङ टोलिले बिभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा अन्दाजी एक बोरा पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएकोमा नागिन पटका ३०७ प्याकेट, रकेट पटका २ प्याकेट, आलुबम पटका २ प्याकेट, झिरझरे २ प्याकेट, फुलझरि २ र चक्री १० वटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले पटका भित्रिन नदिन चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत बागमती प्रदेशका विभिन्नका प्रमुख राजमार्गहरुमा कुकुर सहित चेकजाँच टोली खटाएको थियो । तर प्रहरीको उक्त प्रयास साँझ परेपछि हेटौंडा बजार चोकचोकमा पड्किएको पटाकाको आवाजले विफल भएको प्रष्ट हुन्छ ।