प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा पत्रकारको प्रभातफेरी

२०७९ चैत्र १६, बिहीबार ०४:५२ बजे

हेटौंडा – नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । पत्रकार महासंघ मकवानपुरको आयोजनामा हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको हो । हेटौंडाको स्कुलरोडबाट सुरु भएको र्याली बुद्धचोकमा पुगेर पुन सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ठ, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, निबर्तमान अध्यक्ष हरि हुमागाई लगायतकाको आतिथ्यता रहेको थियो । प्रभातफेरी कार्यक्रमको समापन कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष धुर्ब अधिकारीले महासंघ अहिलेको अवस्था सम्म आइपुग्नका लागि सबै क्षेत्रको उत्तिकै सहयोग रहेको बताए।