प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा लागुऔषध सहित तीन जना पक्राउ

२०७८ चैत्र १८, शुक्रबार १३:२१ बजे

हेटौंडा – मकवानपुरको दुई स्थानबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवती र दुई युवक रहेका छन् ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–२ संगमचोकबाट एक युवतीसहित दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१५ बस्ने वर्ष २३ को राजेश खाती र राक्सिराङ्ग गाउँपालिका–३ बस्ने वर्ष २० को आयुषा ठकुरी रहेका छन् । ना ४३ प ८६५१ नम्बरको मोटरसाईकलमा सवार उनिहरुको साथबाट २ ग्राम ७५० मिली ग्राम लागूऔषध खैरो हेरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेक पोष्टबाट लागुऔषधसहित धादिङ्ग निलकण्ठ नगरपालिका–१४ बस्ने वर्ष २९ को बलराम गुरुङ्गलाई पक्राउ गरेको छ । बिरगञ्जबाट हेटौडातर्फ आउदै गरेको प्र.३–०२–००६ प २६१४ नम्बरको मोटरसाईकलमा सवार गुरुङलाई चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम लागुऔषध खैरो हेरोईन र नाईट्राभेट १३ ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध सम्मानित मकवानपुर जिल्ला अदालतबाट १६ र १८ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।